काठमाडौं, २५ मंसिर । प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपियाँ फेला परेको छ ।
सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो ।
प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको छ ।











प्रतिक्रिया