१० मंसिर २०८३, बिहिबार

उपसभामुख तुम्बाहाम्फेको कुर्सी डगमगायाे, काे बन्दै छ सभामुख ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदको पाँचौ अधिवेशन शुरु हुनुभन्दा अगाडि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा गराउने भएकोे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयले पुस ४ गते संसदको पाँचौ अधिवेशन डाकिसकेको छ ।

पाँचौँ अधिवेशन शुरु हुनुभन्दा अगाडि नै नेकपाले उपसभामुख तुम्वाहाम्फेको राजीनामा गराउने भएको हो ।

सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था बमाेजिम सभामुख पद राखेर उपसभामुख अरु दललाई दिने योजना अनुसार नेकपाले उपभामुख तुम्वाहाम्फेलाई राजीनामा दिन बाध्य पार्न थालेको छ ।

नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखले राजीनामा दिएपछि जेष्ठ सदस्यले संसदको पहिलो बैठकको अध्यक्षता गर्ने बताएका छन् ।

उनले दुईतिहाई समर्थनप्राप्त सरकार रहेको दलले सभामुख पद त्याग्न नसक्ने बताए ।

डा.तुम्वाहाम्फे  सभामुख बन्नकै लागि मन्त्री पदको प्रस्ताव  अस्वीकार गरेकाे बताइन्छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड तुम्वाहाम्फेलाई सभामुख बनाउन सकारात्मक छैनन् ।

सभामुखका लागि सुवासचन्द्र नेम्वाङ दुवै अध्यक्षको रोजाइमा परेका नेताहरूले बताउँछन् ।