१० मंसिर २०८३, बिहिबार

सिरहामा सडक दुर्घटना, दुईकाे मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह

सिरहा, २४  मंसिर। सिरहाको गोलबजार ४ मा सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएकाे छ ।

एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको थियाे ।

मण्डलको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले बताए ।