१४ कार्तिक २०८३, शनिबार

सुनको मूल्य घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, मंसिर २३ । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला पाँच सय ले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार तोकेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ७१ हजार दुई सय मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७० हजार सात सय कायम गरिएको छ ।

आइतबार तेजाबी सुनको प्रतितोला ७० हजार ९ सय मा कारोवार भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससङ्घले चाँदीको मूल्य प्रतितोला आठ सय ३५ निर्धारण गरेको छ ।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला पाँचले घटेको हो । रासस