१ कार्तिक २०८३, आइतबार

घूस लिँदै गरेको दृश्य खिच्ने दुई पत्रकारविरुद्ध अख्तियारको मुद्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । घूस लिँदै गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको छ ।

सगरमाथा टेलिभिजन समाचारदाता तिलक गाउँले र माउन्टेन टेलिभिजनका क्षेत्रनाथ देवकोटा आकाश विरुद्ध बाँके जिल्ला प्रशासनमा माघ २६ गते मुद्धा दायर गरिएको हो ।

घूस लिने प्रहरीको पक्षमा अख्तियारलाई असहयोग पुराएको अभियोगमा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने प्रहरी प्रमुख एसपी शेखर कोइराला स्वयम दोषी देखिई अघिल्लो साता निलम्बनमा परेको कान्तिपुर दैनिकले छापेको छ ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकले अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको बताए ।

उनले दुवै पत्रकार भागिरहेको र प्रहरीले तीव्र पारेको जानकारी दिए ।