१० मंसिर २०८३, बिहिबार

ढाकाविद् कल्पना योङहाङ लिम्बु अमेरिकामा सम्मानित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ मंसिर । ढाकाविद् कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको हाे ।

स्वदेशी उत्पादनलाई आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्यमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा बिशिष्ट योगदान पुर्याए बापत ढाकाविद् कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ मा उनलाई उच्च सम्मान गरिएको हाे ।

नेपाली ढाकालाई विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाई संसारभर परिचित बनाउन सफल भएकी छिन ।