५ कार्तिक २०८३, बिहिबार

ऐतिहासिक दरबारका विरूप कथा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ मंसिर । नक्सालस्थित सीता निवास रहेको नक्सालस्थित बालमन्दिरमा एक सय १० बालबालिकाका जीर्ण भवनमा बस्न बाध्य छन्। भूकम्पका कारण जीर्ण भएको यो भवन नवजात शिशुलाई राख्न सकस परेको छ। कतिबेला भत्किने हो भन्ने त्रास छ। ‘जीर्ण भवन कुन बेला के हुने हो थाहा छैन, त्यस्तो भवनमा नवजात शिशु राख्नु भनिरहेको छ’, नेपाल बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठ भन्छन्, ‘चार वर्षदेखि जोखिमपूर्णरूपमा त्यस्तो भवनमा बालबालिका राखिरहेका छौं।’ नवजात शिशु कक्षा कोठामा तापक्रम सन्तुलित नहुँदा बिरामी हुने गरेका उनको भनाइ छ।

‘भुइँचालोपछि बालमन्दिरका नवजात शिशुलाई प्रिफ्याव भवनमा राखिएको छ’, उनले भने, ‘सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्ने जोखिम पनि त्यत्तिकै हुन्छ।’ सरकारले पुनर्निर्माणका लागि नक्सालस्थित बालमन्दिरलाई पहिलो प्राथमिकतामा राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन। बालमन्दिरलाई दिइँदै आएको रकममा यसपटक सरकारले ६० प्रतिशत कटौती गरेकाले झन् मार थपिएको बाल संगठनका सञ्चालक महासचिव श्रेष्ठले बताए। पुनर्निर्माणका लागि तत्काल छाड्न निर्देशन आएपछि अझै कन्तविजोग भएको उनले बताए। ‘अब नाबालक शिशु लिएर कहाँ जाने ? ’, उनले भने। तत्कालीन श्री ३ महाराज भीमशमशेर राणाले कान्छी महारानीका नाममा त्यो दरबार (सीता निवास) बनाइदिएका हुन्। यही भवनमा ललितकला प्रज्ञा प्रतिष्ठानसमेत छ।

ललितपुरको पुल्चोकस्थित राणाकालीन दरबार हरिहर भवनमा तीन कार्यालय थिए- राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय र कर्मचारी किताबखाना। यसै पनि जीर्ण रहेको यो दरबार २०७२ को भूकम्पले थिलथिलो भएपछि त्यहाँ रहेका ती कार्यालय सरेका छन्। त्यसको कम्पाउन्डभित्र मन्त्रीनिवास बनाइएको छ।

मानव अधिकार आयोग र किताबखाना अगाडि टहरामा सारिएको छ भने पुस्तकालयका पाठ्यपुस्तक लथालिंग अवस्थामा छन्। मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई भवन भूकम्पले बस्ने नसक्ने बनाएपछि सेवा प्रवाहमा असर परेको बताउँछन्। अन्य सबै संवैधानिक आयोगका आफ्नै भवन भए पनि मानव अधिकार आयोग भने टहरामा सञ्चालन भइरहेको छ। देशमा मानव अधिकारको अवस्थालाई यसैले इंगित गर्छ। अहिले पुनर्निर्माण गर्ने भनेर आयोग रहेका टहरासमेत छाड्न निर्देशन दिइएको छ।

किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जीर्ण हरिहर भवनको छेउमा जोखिमपूर्ण टहरामा बस्नुपरेको बताउँछन्। ‘भवनको छेउ गइरहनुपर्छ, कतिबेला दुर्घटनामा परिन्छ भन्ने डर छ’, उनले भने, ‘दिनहुँजसो ठूलो संख्यामा कार्यरत र सेवानिवृत कर्मचारी आइरहन्छन्, उनीहरू भवनछेउ पुगेर त्रसित हुने गर्छन्।’ राष्ट्रिय पुस्तकालयको कन्तविजोग छ। ऐतिहासिक पुस्तक जताजतै छरपस्ट छन्। यसतर्फ कसैको ध्यान पुगेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।