१० मंसिर २०८३, बिहिबार

सिद्धबाबाको अनुशन्धान नसकिएपछि म्याद थपका लागि अस्पतालबाट अदालत लगियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर ।   बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई (सिद्धबाबा)लाई प्रहरी अस्पतालबाट जिल्ला अदालत सुनसरी लगिएको छ ।

चार दिनको म्याद सकिएपछि म्याद थपका लागि अदालत लगिएको हो ।

उनलाई सोमबार विहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

अनुसन्धानका लागि थप समय प्रहरीले मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।