४ कार्तिक २०८३, बुधबार

नायिकाद्वारा फेसबुकबाट विवाहको घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति सार्वजनिक गरेकी हुन् ।

विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दीपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन् । ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन् ।

‘तपाईले हामीलाई वर्षभरि दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ’, कार्डमा उल्लेख छ, ‘हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशीर्वादको आशा गदर्छौं ।’

दीपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन् ।