५ कार्तिक २०८३, बिहिबार

अवैध हतियारको सकसमा मधेस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २० मंसिर । कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे ।

गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो। छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेनदेनको विषयमा भएको सामान्य विवादमा चौधरीले आफूसँग भएको अवैध हतियार निकालेर साहको छातीमा गोली हानेका थिए। साहमाथि गोली हानेर छिमेकीको घरमा लुकी बसेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरी एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो। साहमाथि गोली प्रहार गर्ने चौधरी निर्माण व्यवसायी हुन् ।

जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो। नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए। नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो ।

समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ ।

असार १९ गते महोत्तरीको बर्दिबास नगरपालिका–७ मा हतियारसहितको समूहले गाउँलाई नियन्त्रणमा लिएर डकैती ग¥यो। प्रतिकार गर्दा डाँकाले रामसुन्दर महतोसहित पाँचजनालाई कुटपिट गरी घाइते बनाए। डकैतीमा संलग्नमध्ये सर्लाही चन्द्रनगर गाउँपालिका–६ का ४५ वर्षीय देवलाल कापर एक थान नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ परे । नागरिक दैनिकले खबर छापेकाे छ ।