१४ कार्तिक २०८३, शनिबार

दुई साता अस्पताल बसेपछि प्रधानमन्त्री ओली ‘डिस्चार्ज’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । त्रिवि शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार डिस्चार्ज गरिँदैछ ।

केही घन्टामा उनको डिस्चार्ज हुन लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । एपेन्डिसाइटको शल्यक्रियापछि अस्पतालमा राखेरै प्रधानमन्त्री ओलीलाई आराम गराइएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन विहीबारै अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत पुगेको बताइएको छ ।