१० मंसिर २०८३, बिहिबार

विप्लव समूहका युवा सचिव पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक ।  प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

सुनार गलकोट नगरपालिका–४, भयरखर्कका हुन् । पक्राउ परेका सुनारमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । रासस