४ कार्तिक २०८३, बुधबार

नायिका कंगनाले खाइन् पिल्स औषधि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । कंगना रनौट हाल तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित ‘थलाइवी’का लागि कडा मेहेनत गरिरहेकी छन् ।

यसै साता सिनेमाको टिजर तथा तस्विरसमेत सार्वजनिक भयो । सार्वजनिक टिजर तथा पोस्टरबाट कंगनाले राम्रो प्रतिक्रिया बटुलिरहेकी छन् । सार्वजनिक गरिएको पोस्टर लुकमा त उनलाई चिन्न मुश्किल नै पर्छ । कसरी भइन त कंगना त्यस्तो ?

यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन् । उनले सिनेमाको लागि करीब ६ किलो तौलसमेत बढाएकी छन् । मुम्बईको चर्चित पत्रिका मिड डेलाई दिएको अन्तर्वार्तामा उनले सो लुकका लागि हार्मोन पिल्स लिएको बताइन् ।

‘यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनुथियो । म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन । त्यसैले अलिकति फरक देखिन ’हार्मोन पिल्स’ लिनु आवश्यक भयो ।

यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरें’, उनले भनिन् ।

हिन्दीमा समेत रिलिज हुने सिनेमाको तमिल नाम ‘थलाइवी’ हुँदा हिन्दीमा भने ‘जया’नाम बाट रिलिज हुनेछ । सिनेमालाई एएल विजयले निर्देशन गरिरहेका छन् ।