
धरान, १८ मंसिर । उपचुनावमा धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित तिलक राईले बुधबार पदभार सम्हालेका छन् ।
उनले नगरवासीको भावनाअनुसार करका दररेटलाई पुनरावलोकन गरेर कार्यान्वयन गरिने बताए ।
उनले निर्वाचनका समयमा जनताका घर घरमा गएर नगरमा लागु भएको कर दररेट वैज्ञानिक नभएकाले आफु विजयी भए परिमार्जन गर्ने बताएका थिए ।
यसअघि धरान उपमहानगरपालिकाबाट निर्णय गरिएको करलाई व्यवहारिक र वैज्ञानिक बनाउनका लागि सहमति भएको र त्यो सदर भएको उनले बताए ।











प्रतिक्रिया