१० मंसिर २०८३, बिहिबार

रोकिएको भारतीय कार्यक्रम सञ्चालन हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । सरकारले पछिल्लो २ वर्षसम्म रोकिएको भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालन हुने साना कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

कार्यक्रम कार्यान्वयनको विधि (मोडालिटी)मा दुवै देश सहमत भएपछि यो कार्यक्रम अघि बढाउन लागिएको हो ।

दुवै वर्षसम्म रोकिएको यो कार्यक्रम कार्यान्वयनको नयाँ मोडालिटीमा दुवै देश सहमत भइसकेका छन् । समझदारीमा हस्ताक्षर हुन भने बाँकी छ ।

सन् २०२० को अन्त्यसम्म नेपालमा भारतीय दूतावासको सहयोगमा सञ्चालन हुने साना आयोजना कार्यान्वयन गर्न दुई देशले मोडालिटी टुंगो लगाउन लागेका हुन् ।