५ कार्तिक २०८३, बिहिबार

अपूरा संरचनामा भव्य शुभारम्भ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ मंसिर । हतारहतारमा बनाइएका पूर्वाधारबीच पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य शुभारम्भ गरिएको छ।

पोखराको खेलकुद इतिहासमै पहिलो पटक आयोजना गरिएको सागलाई भव्य बनाउन यहाँ हतारबीच पूर्वाधार बनाइएको थियो। तर ती निर्माणाधीन पूर्वाधारलाई अधुरै राखेर प्रतियोगिता शुभारम्भ गरिएको छ।

पूर्वाधार बनाउने कामले पछिल्लो तीन महिना निकै नै गति लिए पनि त्यसअघिको लामो समय खेर फाल्दा संरचना पूरा हुन सकेका छैनन्।

छोटो समयमा धेरै काम गर्नुपर्दा समय अभावले संरचना अपूरा हुँदाहुँदै पनि प्रतियोगिता आयोजना गर्न बाध्य भएको पदाधिकारीले बताएका छन्। सागको यो संस्करणमा विभिन्न आठवटा खेल पोखरामा हुँदै छन्।

पोखरामा आइतबारदेखि नै प्रतियोगिता सुरु भए पनि सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। शुभारम्भ अवसरमा सहभागी सातवटै मुलुकका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास गरेका थिए।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिताले पोखरामा खेल पर्यटनको विकास हुने बताइन्। नागरिक दैनिकले खबर छापेकाे छ ।