१ कार्तिक २०८३, आइतबार

‘साग’ पुरुष फुटबलमा भुटानसंग बंगलादेश पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डाै, १६ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो ।

खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरेका हुन् ।

पाँच टोली सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो भुटानसित खेल्नेछ ।