
काठमाडाैं, १५ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।
कांग्रेस उम्मेदवारभन्दा नेकपाका उम्मेदवार २८ मतले मात्र अगाडि देखिएका छन् । नेकपाका प्रकाश राईले ४५७४ मत पाउादा उनलाई पछ्याइरहेका कांग्रेसका तिलक राईले ४५१७ मत पाएका छन् ।
अहिलेसम्म चार वटा वडाको मत परिणाम आइसकेको छ । जसमा वडा नम्बर १७, १८, १९ र २० को मत गणना भइसकेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।











प्रतिक्रिया