२ कार्तिक २०८३, सोमबार

वैद्य माओवादीको क्रान्तिकारी महिलामा नयाँ नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidyaकाठमाडौ, १७ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को राष्ट्रिय भेलाले अमृता थापा मगरको अध्यक्षतामा ९९ जनाको नयाँ कार्य समिति गठन गरेको छ ।

क्रान्तिकारीको फागुन १५ र १६ गतेको भेलाले पाँच उपाध्यक्षमा दामा शर्मा, तारा घर्ती, होमकुमारी खापुङ, रुपा चौधरी र सुनिता यादव चयन गरेको छ ।

महासचिव पार्वती थापा, सचिवहरु प्रतिभा श्रेष्ठ र देवकी मल्ल तथा कोषाध्यक्ष अम्विका मुडभरीलाई चयन गरेको क्रान्तिकारी महिलाको भेलाले महिलामाथि भईरहेका सबैखाले उत्पीडनको अन्त गर्न, आमाको नामबाट नागरिकता पाउने अधिकारलाई कार्यान्वयन गर्न र कामको समान ज्याला लागु गर्न माग गरेको छ ।

संवाद डवलीमा आयोजित पत्रकार सम्मेलनमा महिला नेतृहरुले पश्चगामी संविधानसभाको विघटन हुनुपर्ने, दैनिक उपभोग्य वस्तुको महंगी नियन्त्रण गरिनुपर्ने, कलैयाको वालिका बलात्कारमा संलग्न दोषीलाई तुरुन्तै कारबाही गर्न र काठमाडौमा भएको एसिड प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई राहत दिनुपर्नेमा जोड दिएका छन् ।

सोही अवसरमा अध्यक्ष थापाले महिलाका हक अधिकार र समानताको विषयमा आफ्ना धारणा राखिन् । उनले सबै तहमा क्रान्तिकारी महिला संगठन भन्ने उद्देश्यका साथ मेची महाकाली अभियान चलाउने योजना रहेको बताइन् । उनले भनिन, ‘यसैले हामीले नयाँ उत्साहका साथ आठ मार्च संघर्षको रुपमा मनाउने तयारी गरिरहेका छौ ।’

महासचिव पार्वती थापाले परम्परागत सामाजिक मुल्य र मान्यता महिलाका बाधक तत्व रहेको दावी गरिन । ‘जनयुद्धमा जुन खालको भूमिका निर्वाह गरेका थियौ, त्यही स्प्रीड फेरि देखाउने बेला आएको छ’ उनको भनाई थियो ।

भेलामा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सिपी गजुरेल, सचिव देव गुरुड। लगायत नेताले क्रात्किारी महिलाहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।