१० मंसिर २०८३, बिहिबार

संखुवासभाको खाँदबारी ३ मा नेकपाका घिमिरे विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, १५ मंसिर । संखुवासभाको खाँदबारी नगरपालिका –३ मा भएको वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतकुमार घिमिरे विजयी भएका छन् ।

नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गरेका छन् ।

खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता रहेका थिए । त्यहाँ १ हजार २ सय ७१ मत खसेको थियो । यसअघि पनि यहाँ तत्कालीन एमालेले जितेको थियो ।