विराटनगर, १५ मंसिर । मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसले नेकपाको किल्ला तोडिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका नारायणप्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् ।
नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।











प्रतिक्रिया