सिरहा, १५ मंसिर । सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी भएका छन् ।
जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो ।
नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् ।
राजपा नेपालका उम्मेदवार प्रदीप महतोले ६ सय ५४ मत पाएका छन् । नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरेका थिए ।











प्रतिक्रिया