१० मंसिर २०८३, बिहिबार

नब्बे हजार रुपैयाँ घुससहित प्रहरी निरीक्षक पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । रामजानकी विवाह महोत्सवका लागि जनकपुरधाममा खटिएका एक प्रहरी निरीक्षक ९० हजार रुपैयाा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लामा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई विवाह पञ्चमी महोत्सवमा सुरक्षाका लागि खटिएका बेला शुक्रबार दिउासो घुससहित पक्राउ गरेको हो ।

जनकपुरधामको रामानन्दमा रहेको होटल सीता प्यालेसबाट साहलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

ठगी मुद्दा मिलाइदिने शर्तमा ९० हजार रुपैयाा घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।