
काठमाडौँ, १४ मंसिर । कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा पुगेर खानेपानीमन्त्री तथा प्रतिनिधीसभा सदस्य बिना मगरले मतदान गरेकी छिन् ।
पुर्नवास नगरपालिका ३ मा वडाध्यक्ष पदका लागि मतदान भइरेको हो । पुर्नवासको रामबस्तीमा रहेको गोरखआधारभूत विद्यालय मतदान स्थल पुगेर खानेपानी मन्त्री मगरले मतदान गरेकी हुन् । (क) मतदान केन्द्रमा खानेपानी मन्त्री मगरको नामावली रहेको छ ।
मतदान केन्द्रमा पूर्व जिल्ला सदस्य छेत्र बहादुर लामाले पहिलो मतदान गरेका हुन् ।
वडाध्यक्ष पदको लागि सत्ताधारी नेकपाका कृष्ण बहादुर तामाङ्ग, नेपाली कांग्रेसका दिप बहादुर तामाङ्ग (डिबी), समाजवादीका भीम बहादुर तामाङ्ग र राप्रपाका पदम बहादुर शाही उम्मेदवार रहेका छन ।











प्रतिक्रिया