
काठमाडौँ, १४ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ।
उप निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ भेटिएको हो।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बमलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।











प्रतिक्रिया