प्यूठान, १४ मंसिर । प्यूठानको ऐरावती गाउँपालिका–५ पकलामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मुत्यृ भएको छ । अन्य चारजना घाइते भएका छन् ।
शुक्रबार राति ऐरावती–१ वन्जाडे गाउँमा सुत्केरी छोडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना हुँदा ऐरावती–५ जाडीका २८ वर्षे रेशम थापाको मुत्यृ भएको हो ।
जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् ।
लक्षुमण थापाको अवस्था सामान्य रहेकाले विजुवारमै उपचार भइरहेको छ । अन्य तीनजनाको जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । एम्बुलेन्स सडकबाट तल झिमरुक खोलामा खसेको हो ।











प्रतिक्रिया