२ कार्तिक २०८३, सोमबार

नक्कली सर्टिफिकेट बुझाउँदा प्रहरी सहायक निरीक्षकको जागिर चट्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, १७ फागुन । बढुवाका लागि झुटो सर्टिफिकेट बुझाउने एक प्रहरी सहायक निरीक्षक रंगेहात पक्राउ परेका छन् ।

मकवानपुर स्थित भुटनदेवी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महेश कुमार खड्कालाई बढुवाका झुटो प्रमाणपत्र बुझाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक खड्काले बढुँवाका लागि बुझाएको प्रमाणपत्रमा रुम्जाटार उच्च माध्यमिक विद्यालय ओखलढुंगाबाट २०६० मा प्रमाणपत्र तह उत्तिर्ण गरेको भनेर नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रहरी विभागमा बुझाएका थिए ।

प्रमाणपत्र नक्कली भएपछि अख्तियारले खड्कालाई पक्राउ गरेको थियो । पक्राउ परेका खड्कालाई अख्तियारले भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाहीका लागि काठमाडौं स्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।