
काठमाडौं, १३ मंसिर । ३८ लाख रुपैयाासहित काठकाण्डौबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका १८ नरदेवीमा रहेको अन्जनी ओभरसिज सञ्चालन गरेर बसेका गोवर्द्नप्रसाद सरावगी र कृष्णप्रसाद भट्टराई रहेका छन् ।
उनीहरुको साथबाट ३८ लाख १२ हजार रुपैयाा र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक प्रहरीले बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।











प्रतिक्रिया