१० मंसिर २०८३, बिहिबार

भारतमा एक जना नेपाली विद्यार्थीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ ।

चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् ।

उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए ।