१० मंसिर २०८३, बिहिबार

विमानस्थलमा चिनियाँ नागरिक ८ किलाे सुनसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका दुई जना चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको डिएसपी दीपक खड्काले जानकारी दिएका छन् ।

उनकाअनुसार पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन् । राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको उनले बताए । अनुसन्धान जारी रहेकाले उनीहरुको बारेमा थप केही खुलाइएको छैन ।