काठमाडाैं, १३ मंसिर । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ ।
एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।















प्रतिक्रिया