५ कार्तिक २०८३, बिहिबार

आइएमई डबल अफरको बम्पर विजेता खाङ्ग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे वीरेन्द्र खाङ्ग बनेका छन् ।

काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत श्री खाङ्ग विजेता छनोट भएका हुन् ।

विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपियाँ पठाएका थिए । सेवाग्राही श्री खाङ्गले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ (८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपियाँ रकम प्राप्त गरेका छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राजगिरीले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।

लक्की ड्रमार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याए ।