
काठमाडौं, १२ मंसिर । सरकारले तथ्य र प्रमाणकै अधारमा नेपाली भूमि फिर्ता ल्याउने बताएको छ । नेपालले आफ्ना सम्पूर्ण तथ्य र प्रमाणहरु वार्ताको टेबुलका राखेरै आफ्नो जमिन फिर्ता ल्याउने बताएको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
लिम्पियाधुरा, कालापानी नेपालको जमिन भएको प्रमाण नेपालसंग सुरक्षित रहेकाले जमिन फिर्ता नहुने त हैन भन्ने शंका नपाल्न समेत मन्त्री बाँस्कोटाले आग्रह गनुभयो ।
‘सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, प्रवक्ता बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ।’ सञ्चारमन्त्री बाँस्कोटाले नेपाललाई अर्काको एक इन्चपनि भूमि नचाहिने भन्दै आफ्नो भूमि फिर्ता गराएर छाड्ने प्रतिवद्धता जनाए ।
तथ्य र प्रमाण भएको कुरा भारतले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले कालापानी मात्र नभएर सुस्ता पनि आफ्नै भएको बताए ।











प्रतिक्रिया