१० मंसिर २०८३, बिहिबार

विप्लव समूह दाङका जिल्ला अध्यक्ष पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर ।  प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दाङ जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।

अखिल क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष अनिल केसी पक्राउ परेका हुन्।

घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार निवासी केसी घोराही १५ तुलसीपुर चोकबाट बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

पक्राउ परेका केसीलाई थुनामा राखेर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।