काठमाडौं, १७ फागुन । वित्तीय कारोवारमा छोटो समयमै फड्को मारेको प्रभु बैंकले गोरखाको पृथ्विनारायण नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकको सेवा विस्तार योजना अन्तर्गत प्रभुले गोरखाको पृथ्विनारायण नगरपालिकामा नयाँ शाखा मार्फत सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले प्रभु गोरखा शाखाको आइतबार उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै ज्ञवालीले प्रभुले ग्रामिण क्षेत्रका सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । धादिङबेसीमा रहेको साविक प्रभु विकास बैंक लिमिटेडको शाखा कार्यालयको सट्टामा गोरखामा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।
अब धादिङबेसीमा सम्पूर्ण कारोबार साविक किस्ट बैंकको शाखा कार्यालयले गर्नेछ । किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड र जेनिथ फाइनान्स लिमिटेड गाभिदा नयाँ बनेको प्रभुले दोहोरिएका ठाउँको व्यवस्थापन गरी नपुगेका ठाउँमा शाखा विस्तार गरेको हो ।
















प्रतिक्रिया