१० मंसिर २०८३, बिहिबार

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई उनि आवद्व ‘नेपालका लागि नेपाली’ अभियानबाट निस्कासन गरिएको छ ।

विभिन्न समारोह, कार्यक्रममा बोल्दा अभिव्यक्ति दिँदा मार्यादा बिना बोलेको र ख्याल नगरी बोल्ने गरेका कारण उनलाई निस्कासन गरिएको बुझिएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । आफुहरुसँग शाहीको सिद्वान्त पनि फरक हुँदै गएकाले पनि निस्कासन गर्नु परेको आवद्व एक अभियन्ताले बताए ।

नेपालका लागि नेपाली अभियानले संघियता, धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको छ । अब उप्रान्त ज्ञानेन्द्र शाहीले दिने कुनै पनि अभिव्यक्तिमा नेपालको लागि नेपाली अभियानको संलग्नता नरहने पनि अभियानले जनाएको छ ।

अभियन्ता ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिने क्रममा मर्यादा नराखी बोल्ने गरेको भन्दै उनिमाथि आरोप पनि लाग्ने गरेको छ ।