काठमाडाैं, १२ मंसिर । काठमाडाैं उपत्यकामा बुधबारभन्दा बिहीबार झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ ।
बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडाैंको बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडाैंको योे तापक्रम यो वर्षकै कम हो । महाशाखाका अनुसार पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको छ ।
पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ ।











प्रतिक्रिया