काठमाडौं, १७ फागुन । नेपालीहरुको ठुलो चाडपर्व जस्तै महत्व बोकेको टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वमा नेपालीहरुको पहिचान झल्काउने नेपाली ‘ढाका’ टोपीको महत्व धेरै छ ।
पुथ्वीनारायण शाहको पालादेखि नै नेपाली टोपीको पहिचान झल्कदै आएको र व्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ इतिहासमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनौ मौलिक महत्व रहेको छ ।
नेपालमा वर्षेनी टोपी दिवस मनाइँदै आइएको छ । राष्ट्रियता झल्काउने नेपाली ढाका टोपीको महत्व देश तथा विदेशमा धेरै छ । राजधानी लगायत देशैभरी नेपाली टोपीको प्रदर्शन गरी टोपी दिवस मनाइएको हो ।
देशैभरी टोपी दिवस मनाइरहेका बेला झापामा पनि टोपी दिवस मनाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा नेपाली भादगाँउले टोपी पहिराउदै नेपाली टोपी दिवस झापासहित विभिन्न ठाँउमा समेत मनाइएको छ ।
झापाको अर्जूनधारा जेसिस शनिअर्जुनले शनिश्चरे बजारमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिकको शिरमा टोपी पहिराउदै नेपाली टोपी दिवस मनाइएको हो । नेपाल राष्ट्रिय जेसिसका पुर्व राष्ट्रिय उपाध्यक्ष सेनेटर प्रशान्त भण्डारीले महाकवि देवकोटाको शालिकमा टोपी लगाँउदै टोपी दिवस उद्घाटन गर्नुभएको छ ।
।
अर्जून धारा जेसीस शनिअर्जुनले पुर्वको पशुपतिनाथको नामबाट परिचित अर्जुनधारा धामबाट टोपी जुलुस को ¥याली निकाल्दै शनिश्चरे बजार, सब्जी बजार शनिश्चरे क्याम्पस, शनिअर्जून नगरपलिका प्रहरी चौकी हुदै पुन ज्योष्ठ चौतारीमा पुगेर सभामा परिणत भएको थियो ।
कोण सभालाइ सम्बोधन गर्दै नेपाल जेसिसका पुर्व राष्ट्रिय उपाध्यक्ष सेनेटर प्रशान्त भण्डारी, अर्जूनधारा जलेश्वर धामका अध्यक्ष मोहन सिवाकोटी, स्थानिय समाजसेवीहरु लवकुश गिरी कुमार क्षेत्री लगायतले नेपाली टोपीको पहिचान बचाउनु नेपाली हुनुको गौरव भएकोले सबैको दायित्व भएको बताएका थिए ।
पुथ्वीनारायण शाहको पालादेखि नै नेपाली टोपीको पहिचान झल्कदै आएको र व्रिटिसहरुले समेत नेपाली टोपीको गाथालाइ इतिहासमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनौ मौलिक महत्व रहेको उनिहरुले बताएका छन् ।
झापाकै पुराना बजारको रुपमा रहे पनि ओझेलमा परेको शनिश्चरेमा गरिएको यो कार्यक्रमले महत्व राखेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रम अर्जूनधारा जेसिस का अध्यक्ष तथा शनिअर्जून प्रेश क्लव का अध्यक्ष दिपिन राइको संयोजनमा आयोजना गरिएको थियो ।
यस्तै, आइतबारै झापाको विर्तामोडमा समेत विरता जेसिस विरता लेडी जेसिस, विर्तामोड उद्योग बाणिज्य सघ, रिभर साइट फाउण्डेशन लगायत एक दर्जन बढी संघसस्थाको सहभागितामा टोपी दिवस मनाइएको छ ।















प्रतिक्रिया