काठमाडौं । विराज भट्ट अभिनित फिल्म ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा भएको छ । घोषणा अनुसार फिल्म माघ २४ गते रिलिज हुनेछ ।
फिल्म ९ फागुन गते रिलिज हुने घोषणा भएको थियो । सार्वजनिक गरिएको पोस्टरमा विराजसँगै मुख्य अभिनेत्री निकिता चाण्डकलाई प्रमुखता दिइएको छ ।
फिल्मको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा विराज छन् । विराजको आफ्नै लगानीमा निर्मित फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्तलगायतका कलाकारको पनि अभिनय छ ।
फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।















प्रतिक्रिया