काठमाडौं, १७ फागुन । नेकपा एमालेका नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले एकीकृत नेकपा माओवादीको विलय हुने समय आइसकेको बताउनुभएको छ ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले राजधानीको टुँडिखेलमा आयोजना गरेको खबरदारी सभामा मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेको औचित्य छैन्, कांग्रेसमा घुसे हुन्छ’ भन्ने अभिव्यक्तिको जवाफ फर्काउदै नेता पोखरेलले एमाओवादीको विलय हुने समय आइसकेकाले एमालेमै विलय हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो–‘अब कांग्रेसमा एमाले होइन, एमालेमा एमाओवादी विलन हुने दिन आउँदैछ । नेता पोखरेलले तराइमा मधेसवाद र पहाडमा जातिवादको एजेण्डा वोकेर एमाओवादी बाँकी कहाँ रहला र ? भनेर प्रश्न समेत गर्नुभयो ।
एमाओवादीले जनमतको अपमान गरेको भन्दै बाध्य भएर एमालेमा विलय हुने उहाँले ठोकुवा गर्नुभयो । नेता पोखरेलले यसअघि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई एक्लैले खुल्लामञ्च भरेर देखाउन चुनौती समेत थिए ।
नेता पोखरेलले काठमाडौंको खुल्लामञ्चबाट नेताहरुविरुद्ध अभिव्यक्ति दिने ३० दलले एक्लै–एक्लै खुल्लामञ्च भरेर देखाउन चुनौती दिएका थिए ।
फरक प्रसङ्गमा उहाँले ‘कांग्रेस र एमालेले महानिर्वाचनको ‘मतादेश’ छोड्न नमिल्ने, एमाओवादी नेतृत्वको मोर्चाले टुंडिखेलको ‘जनादेश’ छोड्न नमिल्ने । सहमतिमै वन्ला त संविधान ? भनेर प्रश्न समेत गर्नुभएको छ ।
















प्रतिक्रिया