१० मंसिर २०८३, बिहिबार

खातावालको किर्ते हस्ताक्षर गरेर बैङ्कबाट २० लाख चोरी गर्ने ६ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर ।बैँकबाट किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न खातावालाको किर्ते हस्ताक्षर गरेर जनता बैँक र एनआइसी एसिया बैँकबाट उनिहरुले २० लाख रकम निकालेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ ।

‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको  प्रहरीले जनाएकाे छ ।

खाताबाट रकम गायब भएको भन्दै खातावालले दिएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे ।

 यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।