१० मंसिर २०८३, बिहिबार

उपेन्द्र यादवका केन्द्रीय नेताले पार्टी छाडे, नेकपामा प्रवेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ११ मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन् ।

प्रदेश-५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्‍चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन् ।

नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए ।

नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ । नेपाली कांग्रेसले श्रीगाउँमा चुनावी सभा गरेको भोलिपल्ट नेकपाले हापुरेमा चुनावी सभा गरेको हो ।