१० मंसिर २०८३, बिहिबार

सिरहामा लागूऔषधसहित दुई युवक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह सिरहा

सिरहा, ११ मंसिर । सिरहाको दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने भगवानपुर गाउँपालिका ५ लालपुरबाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेकाे छ ।

ठाडी भन्सार र इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ वर्षीय सन्जयकुमार यादव रहेका छन् ।

लागूऔषध डाइलेक्स डि सि – १५ बोतल, डाइजिल्याप -१८ एम्पुल, र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिससहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी अपीलराज बोहराले बताए ।