काठमाडौं, ११ मंसिर । चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीका बैंकबाट खातावालहरूको रकम चोरी गर्ने नयाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खातावालको हस्ताक्षर नक्कल गरी रकम चोरी गर्ने अन्जन बराल, मणि घिमिरे, सुवास बजगाइँ, कुमार तामाङ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका गोपालमान राजवाहकले जनता बैंकमा रहेको खाताबाट अचानक २० लाख रुपियाँ हराएपछि प्रहरीमा उजुरी गर्दा उक्त गिरोहबारे खुलासा भएको थियाे ।
अचानक रकम गायब भएपछि राजवाहकले दुईदिन अघि मात्रै प्रहरीकहाँ उजुरी दिएका थिए ।सोही आधारमा प्रहरीले अनुसन्धान गरी ६ जना अभियुक्तलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया