४ कार्तिक २०८३, बुधबार

अञ्जलीले अंग्रेजी नजान्दा आलोचना

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल अञ्जली अधिकारीले अंग्रेजी नजान्दा सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ ।

एउटा अन्तरवार्ताका क्रममा उनलाई सोधिएको ‘रिलेशनसीप स्टाटस’को प्रश्नमा अधिकारीले फेसबुक स्टाटसका विषयमा उत्तर दिइन् । उनले आफूले खेलेका भिडियोलगायका क्लिप्स स्टाटसमा राख्ने भनेपछि उनको आलोचना भएको हो ।

टिकटकदेखि सामाजिक सञ्जालमा उनको यो क्लिप्सलाई उडन्ते हिसाबले प्रस्तुत गरिएको छ ।

यसअघि अभिनेत्री प्रियंका कार्की पनि यस्तै विषयमा आलोचित भएकी थिइन् । उनले अमेरिकाचाहिँ फस्र्ट टाइम, युके युएसचाहिँ धेरै पटक पुगें भनेकी थिइन् ।