११ मंसिर २०८३, शुक्रबार

बानेश्वर संसद भवन अगाडि डाक्टरलाई ठक्कर दिने बस र चालक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर ।  आइतबार बिहान बानेश्वरस्थित संसद भवन गेट नम्बर १ अगाडि डाक्टरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी परिसर काठकाण्डौका अनुसार रामेछाप पुगेको बा ३ ख ६१४ नम्बरको बस चालकसहित रामेछापबाट पक्राउ परेको हो ।

आइतबार बिहान मर्निङ वाकमा निस्किएका सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिादा जोशीको घटनास्थल मै ज्यान गएको थियो ।

दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।

प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताएको छ । चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन।