
काठमाडौं, १७ फागुन । केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँडका लागि आज नेकपा एमाले स्थायी समितिको बैठक आज फेरि बस्दैछ ।
केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गर्नका लागि आज पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल रहेको कार्यदल समेत बनेको थियो । भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशीका आधारमा कार्य विभाजन गर्न न्यूनतम् मापदण्ड बनाई जिम्मेवारी तोकिने विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
कार्य विभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् । गत असारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरूले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजनअनुसार काम गर्दै आएका छन् ।















प्रतिक्रिया