१० मंसिर २०८३, बिहिबार

बेहोस पारेर गरियो प्रधानमन्त्रीको शल्यक्रिया, अप्रेशन थिएटर बाहिर ल्याइँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । एपेन्डिसाइट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार शल्यक्रिया गरिएको छ ।

बेहोस पारेर उनको शल्यक्रिया सम्पन्न गरिएको जानकारी दिँदै स्रोतले भन्यो,‘उहाँलाई अप्रेशन थिएटर बाहिर ल्याइँदैछ ।’

मिर्गौलाको डायलासिस निरन्तर गराउँदै आएका प्रधानमन्त्री ओलीलाई सोमबार पेटमा समस्या देखिएपछि मंगलबार विहान स्वास्थ्य जाँच गराउँदा एपेन्डिसाइट भएको पत्ता लागेको थियो ।

केही समय अस्पतालमा नै आराम गरेर प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किनेछन् ।