
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ ।
पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको शल्यक्रियाको शुरु भएकाे अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई विहान अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।











प्रतिक्रिया