४ कार्तिक २०८३, बुधबार

‘पागलपंती’काे कमाइमा खराब सुरुवात

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टारर ‘पागलपंती’ले वक्स अफिसमा दयनिय सुरुवात गरेको छ।

रिलिजको दिन सिनेमाले केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि सिनेमाको व्यापार दयनिय भएको हो।

पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ। सिनेमाका निर्देशक र स्टारकास्ट हेर्दा यो विर्सन लायक व्यापार हो।

सिनेमाको दर्शक तथा समीक्षक दुबैले चर्को आलोचना गरेका छन्। सिनेमाबाट कथा हराएको धेरैको प्रतिक्रिया छ।

सिनेमालाई ‘वेलकम’, ‘रेडी’ जस्ता सिनेमा निर्देशन गरिसकेका अनिल बज्मीले निर्देशन गरेका हुन्। उनको सिनेमाले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिए पनि सिनेमा त्यसमा असफल भएको समीक्षकहरूको आरोप छ।